Dhulikhel Eco Banner new

माइडिया नेपालको लक्की ड्र सम्पन्न, कार्कीले जिते वाशिङ मेसिन

1.39K
shares

काठमाडौं, २० जेठ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा माइडिया होम अप्लायन्सेसद्वारा सार्वजनिक गरिएको ‘न्यू एरा अफ स्मार्ट लिभिङ’ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठमा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

यस महिनाको लक्की ड्र विजेता काठमाडौं निवासी बलराम कार्की बन्न सफल भएका छन्। उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरमार्फत माइडियाको उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए। खरिद पश्चात क्यूआर कोड स्क्यानद्वारा गरिएको दर्ताले उनलाई स्वचालित रूपमा मासिक लक्की ड्रको लागि योग्य बनाएको थियो।

बलराम कार्कीले मासिक उपहार स्वरूप ८ केजी क्षमताको माइडिया वाशिङ मेसिन प्राप्त गरेका छन्। माइडिया विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डमध्ये एक हो, जसले २०० भन्दा बढी देशहरूमा आफ्ना स्मार्ट होम उपकरणहरू आपूर्ति गर्दै आएको छ। नेपालमा माइडियाले रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उच्चगुणस्तरीय र उर्जासक्षम उपकरणहरू उपलब्ध गराउँदै आएको छ।