Dhulikhel Eco Banner new

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब गाडी ७.१३ प्रतिशत ब्याजदरमा

2.43K
shares

काठमाडौं, ३ भदौ । एनएमबि बैंकले नाडा अटो शो मा सहभागिता जनाउँदै चाडपर्वको अवसरलाई लक्षित गरी विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले ल्याएको यो योजनाअन्तर्गत ग्राहकहरूले अब केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन खरिदका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ, र यसमा आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ। व्यक्तिगत सवारी साधन खरिद गर्न चाहने ग्राहकहरू का लागि यो योजना विशेष अवसर हुने बैंकले जनाएको छ।

इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि समेत यो योजना लागू हुने बताइएको छ। एनएमबि बैंकले वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै यस अफरमार्फत दीगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने प्रयास गरिरहेको स्पष्ट पारेको छ।

बैंकले यस अफरलाई ग्राहकलाई केन्द्रमा राखेर सेवा प्रदान गर्ने प्रतिबद्धताको उदाहरणका रूपमा लिएको छ। यो योजना बारे थप जानकारीका लागि एनएमबि बैंकका नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल इ २४ मा सम्पर्क गर्न सकिनेछ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।