Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अवैध सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

1.53K
shares

काठमाडौं, ३ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरूको दक्षता अभिवृद्धि तथा कानुनी पालना सुनिश्चित गर्नका लागि अवैध सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय सहायता रोकथाम सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ। तालिम नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजना गरिएको हो।

कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थिए। उनले अवैध ढङ्गले आर्जित रकमलाई वैध देखाउने कार्य (सम्पत्ति शुद्धीकरण) तथा आतंकवादलाई आर्थिक सहायता पुर्‍याउने जस्ता विश्वव्यापी अपराधहरूले बीमा क्षेत्रसमेत प्रभावित गर्न सक्ने भएकाले समयमै सतर्क रहनुपर्ने आवश्यकता औंल्याए ।

यस तालिममा नेपाल सरकार तथा बीमा नियमन निकायका निर्देशनहरू, अन्तर्राष्ट्रिय अभ्यासहरू, र दैनिक कार्य सम्पादनमा पालना गर्नुपर्ने प्रक्रियाहरूबारे विस्तृत जानकारी दिइएको थियो।

तालिम कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार पदाधिकारी श्री गणेश चौलागाईं, तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४३ शाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ। कम्पनीले यस्ता तालिमहरू मार्फत आर्थिक प्रणालीमा पारदर्शिता, सुशासन र जोखिम न्यूनिकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।