Dhulikhel Eco Banner new

अरुण तेस्रो जलविद्युत आयोजनाको काम ३९ प्रतिशत बाँकी

5.45K
shares

काठमाडौं, १० साउन । नेपालकै ठूलो जलविद्युत आयोजना अरुण तेस्रोको ३९ प्रतिशत काम सकिन बाकी रहेको छ । अयोजनाको ६१ प्रतिशत काम सकिएको निमार्ण कम्पनीले जनाएको छ ।

९०० मेगावाट क्षमता भएको भएको आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण र प्रसारण लाइनको काम हुदै छ । इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणको आपूर्ति समेत भैरहेको कम्पनीले जनाएको छ । बर्खाले गर्दा आयोजना भनेको समयमा पुरा गर्न नसक्ने कम्पनीको भनाई छ ।

उक्त जलविद्युत अयोजना भारतीय लगानीमा निर्माण हुँदै छ ।