Dhulikhel Eco Banner new

सुपरमाई हाइड्रोपावरको लाभांंश घोषणा

2.76K
shares

काठमाडौं, १८ भदौ । सुपरमाई हाइड्रोपावरले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ ।

कम्पनी १०८ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।