Dhulikhel Eco Banner new

इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोल १९९ र डिजेल १९२ रुपैयाँ पुग्यो

7.24K
shares

काठमाडौं, ६ असार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले इन्धनको मूल्यमा एकै पटक भारी वृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।