Dhulikhel Eco Banner new

पछिल्लो २४ घण्टामा १ हजार ९० संक्रमण पुष्टि, २ जनाको मृत्यु

5.69K
shares

काठमाडौं, २४ साउन । नेपालमा एकै दिन १ हजार ९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो ।

त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा ४३८ निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।
२४ घण्टामा १ लाख ७१ हजार ८३७ जनाले खोप लगाएका छन् ।