Dhulikhel Eco Banner new

के बसन्त चौधरीसँग मेयर बालेन झुकेका हुन् ?

12.55K
shares

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाका मेयरले नर्भिक अस्पताललाई संरचना हटाउन भन्दै दिएको २४ घण्टे अल्टिमेटमले निकै चर्चा पायो । पत्र पठाएको भोलिपल्टै मेयर शाह दलबलसहित मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल पुगे ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका मेयर एकाएक नियम पालन भयो या भएन भनि हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । तर नेपाली उखान ‘हात्ति आयो हात्ति आयो, फुस्सा’ भने जस्तै मेयर शाह केही नगरी फर्किए ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमति गरेका छन् । उनले प्राविधिहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताए । नर्भिक अस्पताल चर्चित धनाढ्य बसन्त चौधरीको हो ।

मेयर शाहले तत्कालै हटाउदा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नकरात्मक असर पर्न सक्नेतर्फ आफू सचेत रहेको बताएका छन् । उनले मापदण्ड विपरित बनाइएका संरचनाहरु हटाउन अनुरोध समेत गरेका छन् ।