GBIME

नेक्सजेन म्यानेजमेन्ट् र मंगलम डायग्मोष्टिक सेन्टरबिच सम्झौता

504
shares

काठमाडौं, २३ वैशाख । नेक्सजेन म्यानेजमेन्ट् र मंगलम डायग्मोष्टिक सेन्टरबिच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । गत २० गते वीरगञ्जमा उक्त सम्झाैता भएकाे हाे ।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई र मंगलम डायग्मोष्टिक सेन्टरकाे तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरे । वीरगञ्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नो ष्टिक सेन्ट्रले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ।

अब काठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्मोष्टिक सेवा दिने लक्ष्य रहेको सेन्ट्रका अध्यक्ष प्रा .डा. ठाकुरले जानकारी दिए। काठमाण्डौमा डायग्मोष्टिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ। हस्पिटलहरूको आफ्‌नै ल्याव पनि छ। तर अहिले पनि विश्वसनिय डायग्मोष्टिकको लागी नेपाली हरू भारत लगायत अन्य देश गइरहेका छन्।

सोहि अवस्थालाइ हेरेर विश्वसनिय र भरपर्दो डायग्मोष्टिक सेवा दिन काठमाण्डौमा छुट्ट ल्याबको आवश्यकता देखिएको छ। सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्ट्रले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्मोष्टिक रिर्पोटबाट संतुष्ट छ वा छैनन् अध्यन गर्नेछ।

काठमाण्डौको आवश्य‌कता अनुसार कस्तो र कुन क्षमताको डायग्मोष्टिक सेन्ट्रको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ सो सबै अध्ययन अनुसन्धान गरी नेव्सजेन म्यानेजमेन्ट् सोलुसन्स प्रा. लि . ले मंगलम डायग्मोष्टिक सेन्ट्र प्रा. लि. लाई प्रतिवेदन बुझाउने छ। त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्मोष्टिक सेन्द्र प्रा. लि. आफैले पनि लगानी गरी आफ्‌नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्मोष्टिक सेन्ट्रर संचालन गर्नेछ।

नेव्सजेन म्यानेजमेन्ट् सोलुसन्स प्रा. लि. सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो। यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित संचालन को लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटा उने सम्मको सेवा दिन्छ। साथै नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालन को लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ।

नेक्सजेनले भखरै नेपाल सरकारबाट २०८१ वैशाख १७ र १८ गते काठमाण्डौमा संचालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनसंग सम्झौता गरेको छ। कोरियन पार्टिले नेपालमा संचालन गर्ने छ अर्ब लगानीको उद्योग स्थापना मा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्ट् ले गरिसकेको छ ।