खुम्चिएको अटो क्षेत्रलाई उकास्न राष्ट्र बैंकका तर्फबाट विशेष पहल गर्नुपर्छ : करणकुमार चौधरी
वि.सं.२०८१ भदौ १६ आइतवार १८:१४
shares

काठमाडौं, १६ भदौ । नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष करणकुमार चौधरीले खुम्चिएको अटो क्षेत्रलाई उकास्न राष्ट्र बैंकका तर्फबाट विशेष पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार नाडा अटो शोमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खुम्चिएको अटो क्षेत्रलाई उकास्न राष्ट्र बैंकका तर्फबाट विशेष पहल गर्नुपर्ने बताएका हुन् ।
सरकारले विद्युतीय सवारी साधन (ईभी) लाई अधिकतम प्राथमिकतामा राख्दा पेट्रोलियम सवारी साधन (आन्तरिक दहन इन्जिन–आईसीई) लाई बेवास्ता गरेको बताए ।


















