Dhulikhel Eco Banner new

सरकारी जग्गा ४० वर्षसम्म लिजमा पाइने

5.73K
shares

काठमाडौं, २४ असार । अब देखि सरकारी जग्गा लिजमा लिन पाइने भएको छ । भूमि व्यवस्था मन्त्राललय सरकारी जग्गा दर्ता, उपयोग तथा लिनमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ राजपत्रपमा प्रशासन गरेसँगै अब सरकारी जग्गा लिजमा लिन लिन पाइने भएको हो ।

कार्यनीति अनुसार सरकारी जग्गा न्यूनतम ५ वर्षदेखि ४० वर्षसम्म लिजमा दिने भएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारमा सरकारी जग्गा लिजमा दिने व्यवस्था गरिएको छ । कार्यनीतिले पाँच वर्षसम्म अल्पकालीन, १५ वर्षसम्म मध्यकालीन र ४० वर्षसम्म दीर्घकालीन रुपमा सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको कार्यनीतिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नेपाल सरकारको नाममा रहेको कुनै सरकारी जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा उपयोग गर्न दिने पनि उल्लेख गरिएको छ । नेपाल सरकार अन्तर्गतका निकायको हकमा जग्गा माग गर्ने निकायको केन्द्रिय निकाय, प्रदेश सरकारको हकमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा कार्यपालिकाको निर्णयसहित संघीय मामिला मन्त्रालयले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । निजी जग्गा पनि सरकारी निकायलाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।