Dhulikhel Eco Banner new

अर्थमन्त्रीको राजीनामा पछि पनि सुधारिएन शेयर बजार, नेप्से परिसूचक २ हजार तल

5.08K
shares

काठमाडौं, २४ असार । अर्थमन्त्रीले राजीनामा दिए पछि पुँजी बजार थप कमजोर बन्दै गएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन पुँजीबजार ३४ अंकभन्दा बढीले ओरोलो लागेर २ हजार विन्दुभन्दा तल झरेको हो ।

शुक्रबार ३४.७१ अंकले घटेको बजार १ हजार ९ सय ९२.६१ विन्दुमा पुगेको छ । शुक्रबार कारोबार २१७ कम्पनीका ३ लाख ६३ हजार ४५३ कित्ता शेयर कारोबारबाट १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँको कारोबार भएको छ । त्यस्तै क मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.६१ अंकले घटेर ३७९.८८ अंकमा पुगेको छ ।