निर्देशन उल्लङ्घनमा ८ बीमा कम्पनीमाथि प्राधिकरणको कारबाही
वि.सं.२०८२ चैत ११ बुधवार १२:२०
shares

काठमाडौं, ११ चैत । नेपाल बीमा प्राधिकरणले निर्देशनहरूको पालना नगरेको भन्दै ८ वटा बीमा कम्पनीमाथि कारबाही गरेको छ। प्राधिकरणका अनुसार बीमा ऐन २०७९ बमोजिम तोकिएका नियम तथा मापदण्ड उल्लङ्घन गरेपछि उक्त कदम चालिएको हो।
कारबाहीमा परेका कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, दि ओरिएन्टल इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स तथा नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
यस्तै, सुरेन्द्र थापा (नेपाल रिका प्रमुख कार्यकारी अधिकृत) लाई समेत कारबाहीको दायरामा ल्याइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सम्बन्धित कम्पनीहरूले तोकिएका नियामकीय निर्देशनहरूको पूर्ण पालना नगरेको पाइएपछि आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको हो। यस्ता कारबाहीले बीमा क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। प्राधिकरणले आगामी दिनमा पनि नियम उल्लङ्घन गर्ने कम्पनीहरूविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।


















