Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

1.59K
shares

काठमाडौं, ११ चैत । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले देशभर विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीको प्रधान कार्यालयसहित देशभरिका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। मानव जीवनको रक्षा गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, काठमाडौंको शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूलाई आश्रय प्रदान गर्दै आएको निःसहाय सेवा सदनमा आहार–विहार कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा दीर्घकालीन विश्वास निर्माण गर्ने रणनीतिमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत रहेका छन्।