जीवन बीमातर्फ एलआईसी नेपाल र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी
वि.सं.२०८३ मंसिर १ मंगलवार १२:४२
shares

काठमाडौं, १ मंसिर । जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेका छन्।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले दुवै कम्पनीलाई सम्बन्धित बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सम्मान गरेको हो।
जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारलाई प्रमाणपत्र प्रदान गरेका छन्।
त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पनि सम्मान गरिएको छ। अर्थमन्त्री वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीलाई प्रमाणपत्र प्रदान गरेका हुन्।
मंसिर १ गते आयोजित राष्ट्रिय कर दिवस विशेष कार्यक्रममा दुवै कम्पनीलाई सम्मान गरिएको हो।
















