Dhulikhel Eco Banner new

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ५७.८२ प्रतिशत घट्यो, पहिलो त्रैमासमा १० करोड ३६ लाख आर्जन

1.7K
shares

काठमाडौं, १ मंसिर । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५७.८२ प्रतिशत घटेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद नाफा घटेर १० करोड ३६ लाख ७८ हजार रुपैयाँमा सीमित भएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ५९ करोड १ लाख ९७ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ थियो। यसअनुसार खुद आर्जित बीमाशुल्क ४१.६२ प्रतिशत घटेको हो।

कम्पनीको कुल बीमाशुल्क आर्जन पनि गत वर्षको १ अर्ब ११ करोड ८३ लाख रुपैयाँबाट घटेर ७२ करोड ९९ लाख रुपैयाँमा झरेको छ। यसैगरी, लगानी तथा कर्जाबाट कम्पनीले २० करोड ५६ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २३ करोड ३९ लाख ७८ हजार रुपैयाँ थियो।

वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी ७९ करोड ६० लाख ६९ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँ थियो।

खर्चतर्फ कम्पनीको कुल खर्च गत वर्षको ९१ करोड ३ लाख ५३ हजार रुपैयाँबाट घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, खुद दाबी भुक्तानी ५० करोड ९६ लाख १९ हजार रुपैयाँबाट घटेर ४५ करोड ७५ लाख ६१ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ४६ करोड २१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। सञ्चित मुनाफा ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको कुल इक्विटी १२ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २५ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ कायम भएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८२ पैसा रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २३८ रुपैयाँ २८ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५ पैसा थियो।