Dhulikhel Eco Banner new

सबै नागरिकलाई बीमाको पँहुच पुर्‍याउनका लागि लघुबीमा आवश्यक : अध्यक्ष सिलवाल

5.4K
shares

काठमाडौं, १८ भदौ । सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्देशन दिएका छन् । बाँकेको नेपालगन्जमा समितिले आयोजना गरेको प्रदेश तथा शाखा कार्यालयको प्रमुख एवम् कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका बर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको अध्यक्ष सिलवालको भनाइ थियो ।

सहभागिहरुले सोधेका प्रश्नको जवाफ दिदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी समेत दिए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको दाबी गरे । बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आपराधिक घटना कम गर्नका लागि कम्पनीको वित्तीय जोखिमांकन राम्रो हुनु पर्ने बताए । यस तर्फ कम्पनीले ध्यान दिनु पर्ने उनको भनाइ छ ।