Dhulikhel Eco Banner new

सिद्धार्थ इन्स्योरेन्सले गर्यो ९.४ प्रतिशत लाभांश घोषणा

4.55K
shares

काठमाडौं, ३० कात्तिक । सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी  १ अर्व २८ करोड ८० लाखको ९ .४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार ५३ रुपैया नगद लाभांस (कर समेत ) गरि बितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नगद लाभांस बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभावाट पारीत भई, प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि.सँग मर्जर पश्चात एकिकृत कारोवार भए पछि सिद्धार्थ इन्स्योरेन्स लि. को शेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।