मारवाडी समूदायकाे कब्जामा लघुबीमाको लाइसेन्स
वि.सं.२०७९ मंसिर १९ सोमवार १०:०५
shares

काठमाडौं, १८ मंसिर । लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्दा अधिकांश कम्पनीको स्वामित्व मारवाडी समूदायले पाएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको लघुबीमाको लाइसेन्समा अधिकांश मारवाडी समूदायको स्वामीत्वमा देखिएको हो ।
७ वटा लघुबीमाको लाइसेन्स वितरण गर्दा सुलभ अग्रवालको कम्पनी शंकर ग्रुपले दुई वटा कम्पनीको लाइसेन्स प्राप्त गरेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको लाइसेन्स शंकर गु्रपले प्राप्त गरेको छ ।
त्यस्तै लक्की ग्रुपले पनि दुई वटा लघुबीमाको लाइसेन्स प्राप्त गरेको छ । लक्की ग्रुपले क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स प्राप्त गरेको छ । त्यस्तै राजेन्द्र खेतानको खेतान ग्रुपले पनि एउटा लघुबीमाको लाइसेन्स प्राप्त गरेको छ । उसले स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स पाएको छ । त्यस्तै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको मुख्य व्यक्तिमा मनिष तिमिल्सिना र ट्रष्ट माइक्रो इन्स्योरेन्सको मुख्य व्यक्तिमा सचित अग्रवाल रहेका छन् ।

















