Dhulikhel Eco Banner new

रिस उठ्ने प्रश्न नसोध्नुस, नत्र बोल्न सक्दिनँ : मन्त्री झाँक्री

4.49K
shares

काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयमा आइतबार आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री रामकुमारी झाँक्री निकै भावुक बनिन् । मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए ।

उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए । झाँक्री सुरुदेखि भावविव्वहल थिइन् । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।

एक पत्रकारले उनलाई भावुक देखिनुको कारण सोधेका थिए । ‘तपाईं मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि, आफनो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्नुभएको हो’ पत्रकारले सोधेका थिए ।

प्रश्न आउनासाथ झाँक्रीका बर्बरी आँशू झर्न थाल्यो । ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि’ उनले भनिन् ।