Dhulikhel Eco Banner new

१ अमेरिकी डलरको मूल्य १२६ रुपैयाँ ७८ पैसा

4.68K
shares

काठमाडौं, १९ असार । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी रहेको छ । दिनै पिच्छे रेकर्ड कायम गर्दै आएको डलरको मूल्य आइतबार १ डलर साट्नका लागि १२६ रुपैयाँ १८ पैसा लाग्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नुपर्छ ।

शुक्रबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा थियो । पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । जसका कारण आयातमुखी अर्थतन्त्र भएको मुलुकको अर्थतन्त्रमा नकारात्मक असर गर्ने अर्थविद्हरुको भनाइ छ ।

नेपालले तिर्नु पर्ने वैदेशिक ऋणको साँवा र ब्याज तिर्नकै लागि पनि धेरै रकम लाग्ने देखिन्छ । डलरको मूल्य बढ्दा निर्यातमुखि अर्थतन्त्र भएको खण्डमा मात्रै राज्यलाई फाइदा हुन्छ ।