प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ ५ मंगलवार ११:०७
5.06K
shares
shares

काठमाडौं, ५ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ५ सयले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९४ हजार ८ सयमा कारोबार भएको सुन मंगलवार बढेर प्रतितोला २ लाख ९५ हजार ३ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ५ हजार ४० रुपैयाँमा कायम भएको चाँदी मंगलवार ५ हजार ८५ रुपैयाँमा कायम भएको हो ।
















