शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ ६ बुधवार १५:२६
shares

काठमाडौं, ६ जेठ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.०८ अंकले बढेर २७५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ०.२५प्रतिशत एसबिएल डिभेन्चरका लगानीकर्ताले ६.४० प्रतिशतका दरले गुमाएका छन् भने १०प्रतिशत प्राइम डिबेन्चर २०८८का लगानीकर्ताले ३.०८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् भने ७प्रतिशत नेपाल एसबीआई बैंक डिभेन्चर २०९० का लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।















