Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

7.23K
shares

काठमाडौं, ६ जेठ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.०८ अंकले बढेर २७५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका छन् ।