Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

6.08K
shares

काठमाडौं, ६ जेठ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.०८ अंकले बढेर २७५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले ११. ८८ प्रतिशतका दरले कमाएका छन् भने बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले ७.५१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि शिखर पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ६.१२ प्रतिशतका दरले कमाएका छन् भने सिटी होटल लिमिटेडका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् ।