Dhulikhel Eco Banner new

नेपाल फाईनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

5.59K
shares

काठमाडौं, २३ असार । नेपाल फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन अर्थात् असार २४ गतेसम्म रहेको छ ।

कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । इच्छुक आवेदकले शुक्रवार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू। १०० अंकित दरको रू। ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

कुल शेयरमध्ये संस्थापकतर्फको ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६ दशमलव शून्य ८८ कित्ता रहेको छ । उक्त शेयरको मूल्य प्रतिकित्ता रू। १०० तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।

यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू। ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू। ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।