Dhulikhel Eco Banner new

सभामुखद्वारा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ

325
shares

काठमाडौं,१ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।

सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी सांसदहरूले गरेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ।’

सभामुख अर्यालले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिए।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्दै संसदमा विरोध जनाउँदै आएका छन्।