Dhulikhel Eco Banner new

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी

390
shares

काठमाडौँ, १ भदौ । सरकारले बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८१ साल असोजमा चुनढुंगा खनिज उत्खनन् अनुमति पत्र रद्द भएको थियो । वर्तमान बालेल शाह नेतृत्वको सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । चुनढुंगा उत्खनन अनुमतिपत्र पनि नवीकरण गरिदिएको छ । १८ असार २०८३ सालमा मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण गर्ने निर्णय भएको हो । सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडले खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउनुपर्ने बक्यौता रकम समेत नेपाल सरकारले बेहोर्ने गरी अगाडि बढाएको हो ।

अब उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको नियुक्त गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ । उदयपुर हाल उद्योगको उत्पादन क्षमता दैनिक ८०० मेट्रिक टन रहेको छ ।