मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ असार ३० बिहीवार १३:०३
shares

काठमाडौं, ३० असार । सामान्य देखि पूर्ण बदली रही प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।। अहिले मुलुकका तीन प्रदेशका केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशका एक र दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।



















