गभर्नर विरुद्धको आन्दोलन थप चर्काउने विद्यार्थी संगठनको घोषणा
वि.सं.२०७९ साउन ३ मंगलवार २३:१२
shares

काठमाडौं, ३ साउन । नेकपा एमालेको आर्थिक तथा योजना विभागको सदस्यमा नाम रहेको भन्दै विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको आन्दोलनलाई निरन्तरता दिने घोष्णा गरेका छन् । केही दिन यता निरन्तर गभर्नर अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका विद्यार्थीका केही संगठनहरुले बुधबार विहान पनि प्रदेश गर्ने घोषणा गरेका हुन् ।
गभर्नरविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी निकटका विद्यार्थीहरु आन्दोलनरत छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बुधबार विहान ९ बजे राष्ट्र बैंकको बालुवाटार कार्यालय घेर्ने तयारी रहेको बताइन् ।
नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल ९क्रान्तिकारी० अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले मंगलबार निकालेको संयुक्त विज्ञप्तिअनुसार साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, ४ गते राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्नेलगायत छन् ।
त्यस्तै साउन ७ गते संघीय संसद् सदस्यहरूलाई ुअवैध गभर्नरु बर्खास्तीको माग गर्ने आवाज संसद्मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।















