Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य घिरावट

4.9K
shares

काठमाडौं, १० साउन । कारोबार हुने हप्ताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार भन्दा २०० रुपैयाँले घटेर तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ । सोमबार प्रतिऔंस १७२४.४६ डलर रहेको सुन मंगलबार प्रतिऔंस १७२२.२४ डलरमा कारोबार भइरहेको छ । सोमबार प्रतिऔंस १८.५६ डलर रहेको चाँदी मंगलबार प्रतिऔंस १८.५२ डलर छ।