Dhulikhel Eco Banner new

पजियार भवनका मालिक पैसा लिएर फरार

12.08K
shares

काठमाडौं, १० साउन । जनकपुरधामको भानुचोकमा रहेको चर्चित पजीयार भवनका मालिक पैसा लिएर फरार भएका छन् । पजियार भवनका मालिक रहेका जगनाथ पजियारले एक व्यक्तिको ३० लाख रुपैयाँ लिएर सम्पर्कविहिन भएको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो ।

धनुषा जिल्ला अदातलले जिल्लाको औरही गाउँपालिका वडा नम्बर २ देउरी बस्ने अशोक यादवको जाहेरीले प्रतिवादी भनिएको सबैला नगरपालिका वडा नं. १० तथा हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक बस्ने जीवछ पजीयारका छोरा जगन्नाथ पजियारमाथि बिगो मुद्दा दायर गरेको छ ।

गत असार ३१ गते जारी गरिएको पक्राउ पूर्जीमा वादी अशोक यादवले दिएको बिगो मुद्दामा जगन्नाथ पजीयारलाई पक्राउ गरी अदातलमा हाजिर गराउन उल्लेख गरिएको छ । अदालतको पक्राउ पूर्जीमा उनी उपर सोही मुद्दामा एक बर्षको जेल समेत सजाय तोकिएको उल्लेख गरिएको छ ।

धनुषा जिल्ला अदालतले गत जेठ २० गते गरेको निर्णय अनुसार उनलाई एक बर्षको सजाय भनिएको र तत्काल पक्राउ गरी अदालतमा बुझाउन आदेश गरिएको हो । भानुचोकमै रहेको पजियार भवन त्यहाँ व्यावसायिक दृष्टिकोणले चर्चित भवन मानिएको छ । अदालतले प्रहरी समेतलाई पक्राउ गर्न पत्राचार गरेको जानकारी पाएपछि उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।