निजामति कर्मचारीको छात्रवृतिका लागि जापानको ३५ करोड अनुदान
वि.सं.२०७९ साउन १० मंगलवार १४:०१
shares

काठमाडौं, १० साउन । जापानले जनशक्ति विकास कार्यक्रमका लागि नेपाल सरकारलाई ३५ करोड रुपैयाँ अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको छात्रवृति कार्यक्रमका लागि उक्त रकम उपलब्ध गराउने गरी अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल स्थित जापानी दुतावास मिसनका प्रमुख तामुरा ताकाहिरोले हस्ताक्षर गरेका हुन् ।
जापान सरकारले त्यहाँकै विश्वविद्यालयमा अध्ययन गर्ने गरी निजामति कर्मचारीको छात्रवृतिका लागि यस्तो रकम उपलब्ध गराउँदै आएको छ । मंगलबारको संझौता दोस्रो चरणको कार्यक्रमका लागि भएको अर्थमन्त्रालयले जनाएको छ ।
उक्त रकमबाट २२ जनालाई दुई वर्षे स्नातकोत्तर तहको र २ जनालाई तीन वर्षको विद्यावारिधी तहको अध्ययनका लागि शिक्षण शुल्क आवास खानपान विमा लगायतमा खर्च गरिने मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


















