एचआईडिसीएलको संस्थापक शेयर टिएमएस मार्फत कारोबार गर्न सकिने
वि.सं.२०७९ भदौ १५ बुधवार १४:४३
shares

काठमाडौं, १५ भदौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को संस्थापक शेयर टिएमएस मार्फत कारोबार गर्न सकिने भएको छ । नेप्सेले भदौ १२ गते कम्पनीको संस्थापक शेयरलाई सहजै कारोबार गर्न सकिने गरि अनुमति दिएको हो ।
कम्पनीको संस्थापक शेयरलाई नेप्सेले एचआईडिसीएलपी कारोबार संकेत प्रदान गरेको छ । बिहिबार कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता संस्थापकको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो । लिलामी मार्फत बिक्री भएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक शेयरको लागि नेप्सेले ११३ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थयो ।

















