GBIME

शेयर बजारमा २२ अंकको गिरावट, परिसूचक १९७३ विन्दुमा

1.04K
shares

काठमाडौं, १५ भदौ । शेयर कारोबार हुने हप्ताको चौथो दिन शेयर बजारमा भारी गिरावट आएको छ । शेयर बजार बुधबार झण्डै २२ अंकले घटेको हो । अघिल्लो दिन सामान्य सुधार देखिएको बजारमा आज २१ दशमवल ९७ अंकको पहिरो गएको छ ।

नेप्से परिसूचक बुधबार कारोबार बन्दु हुँदा १९७३ दशमवल ३८ विन्दुमा पुगेर रोकिएको छ । यो अघिल्लो दिनको भन्दा १.१० प्रतिशतको गिरावट हो । आज २९ हजार ५८४ कारोबार भएको छ ।

बुधबार नेप्सेमा २२४ कम्पनीका २९ लाख ९२ हजार ८७३ कित्ता शेयर खरिद बिक्री भएको छ । शेयर बजार ओरोलो लागेको दिन कारोबार रकम पनि घटेको छ । कारोबार रकम आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँमा सिमित हुन पुगेको छ ।

त्यस्तै क वर्गको मापन गर्ने सन्सेटीभ इन्डेक्स पनि ४ दशमलव ३६ अंकले घटेर ३८४ दशमलव ५९ विन्दुमा पुगेर रोकिएको छ । यो अघिल्लो दिनको तुलनामा १.१२ प्रतिशतको गिरावट हो ।