Dhulikhel Eco Banner new

धनुषाको महिनाथपुर बोर्डरबाट ड्रग्ससहित दुई जना पक्राउ

4.9K
shares

काठमाडौं, ८ असोज । धनुषा जिल्लाको महिनाथपुर बोर्डरबाट सशस्त्र प्रहरीले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गरेको सर्च अपरेशनबाट ठूलो मात्रामा लागुऔषधी सहती दुई जानालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको महिनाथपुरस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरबाट बिओपी ईन्चार्ज गणेश पाण्डेको कमाण्डको टोलीले लागुऔषध सहित सन्तोष यादव र महबुद खानलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको मोटरसाईकललाई चेकजाँचको क्रममा गणेशमान चारनाथ नगरपालिका वडा ६ गोदार बस्ने बर्ष १८ को सन्तोष यादवले बोकेको झोलाभित्र NITRAZEPAM TABLETS IP (NITRAVAT–10)२० पत्ता (प्रति पत्ता ३० वटाका दरले ६०० वटा ट्याब्लेट), NITROSUNT-१०५पत्ता (प्रति पत्ता १० वटाका दरले ५० वटा ट्याब्लेट), SPASMO–PROXYVON PLUS १२ पत्ता (प्रति पत्ता २४ वटाका दरले २८८ वटा क्याप्सुल) र Exiplon 100 ml १९ बोत्तल (प्रति बोतल १०० ml का दरले १९०० ml ) बरामद भएको हो ।

शसस्त्र प्रहरीले धनुषाधाम नगरपालिका वडा नं. ९ का २१ को महबुद खानको साथबाट लाई समेत पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाएको ईन्सपेक्टर पाण्डेले जानकारी दिए । उनीहरुको साथबाट दुई थान मोबाईल, एक थान डिस्कभर मोटरसाईकललाई समेत नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खजुरी पठाएको जनाइएको छ ।