बेचबिखनका लागि भारत लैजान लागेको आशंकामा चार युवतीको उद्धार
वि.सं.२०७९ असोज ८ शनिवार ११:२७
shares

काठमाडौं, ८ असोज । बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (एसएसपी) को समन्वय र सहयोगमा चार जना महिला र चार जना पुरुषलाई पक्राउ गरेको हो ।
उनीहरुसँग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी केशवराज थापाले बताए ।
उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउ लागिउको सशस्त्र प्रहरीले आशंका गरेको छ ।
















