नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर ढुङ्गाना सम्मानित
वि.सं.२०७९ कात्तिक ८ मंगलवार १०:०३
shares

काठमाडौँ, ८ कात्तिक । नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा.नीलम ढुङ्गाना तिम्सिनालाई सम्मान गरिएको छ । फोकस नेपाल संस्था शुभ दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहत्त सांस्कृतिक कार्यक्रम तथा सम्मान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
डेपुटी गर्भनर ढुङ्गानाले विगत लामो समयदेखि वरिष्ठ आर्थिक व्यवस्थापक तथा विभिन्न आर्थिक क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैँकको प्रथम डेपुटी गर्भनरजस्तो महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारीमार्फत राष्ट्र र समाजलाई योगदान पुर्याएकाले सम्मान गरिएको हो । उनलाई उपपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतले सम्मान गरेका हुन् ।
डेपुटी गर्भनर ढुङ्गानाले नेपाल राष्ट्र बैँकको विभिन्न विभागको नेतृत्व गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न बैँकिङ, आर्थिक, सेवामुलक तथा सामाजिक संघ संस्थामार्फत राष्ट्र विकास, बैकिङ क्षेत्रको विकास र सामाजिक सेवामा पु¥याएको योगदान चीरकालसम्म प्रशंशनीय र अतुलनीय रहेको बताइएको छ ।

















