GBIME

पहिलो तीन महिनामा मिर्मिरे लघुवित्तले कमायो २ करोड ८२ लाख

870
shares

काठमाडौं, २७ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म कम्पनीले ४९ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो

यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाको अनुपातमै घटेको छ । कर्मचारी खर्चसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष ७ लाखभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष २७ लाखभन्दा बढी रहेको छ ।

कम्पनीको सञ्चालन नाफा भने गत वर्ष पहिलो त्रैमाससम्म ७ करोड ९७ लाखभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ३ लाखभन्दा बढी भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३८ लाखभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख ५ हजार रहेको छ । रिटेन्ड अर्निग २२ करोड २७ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३० करोड ३१ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले यो तीन महीनामा २ अर्ब ७७ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५ अर्ब ५३ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । तीन महीनामा कम्पनीले ८ अर्ब ९५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्षको पहिलो त्रैमाससम्म २ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ४७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २१ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९९ दशमलव शून्य १ रहेको छ ।