Dhulikhel Eco Banner new

आगलागी हुँदा एक जनाको मृत्यु

4.91K
shares

काठमाडौं, ३० कात्तिक । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान आगलागी हुँदा जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोलमा आगलागीमा परेर २५ वर्षिया अस्मिता केसीको मृत्यु भएको हो ।

आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।