Dhulikhel Eco Banner new

भाइदेग मन्दिर पुनः निर्माणका लागि सम्पदा पैदल यात्रा हुने

12.9K
shares

काठमाडौं, १ माघ । ललितपुर जिल्लाको ललितपुर मंगल बजारमा रहेको भाइदेग मन्दिर पुनः निर्माणका लागि सम्पदा पैदल यात्रा आयोजना गरिने भएको छ । फागुन ६ गते शिवरात्रीको दिन ललितपुर महानगरपालिका वडा नम्बर १६ मंगलबजारबाट सुरु हुने पैदल यात्रा किर्तिपुरमा रहेको उमा महेश्वरसम्मको १२ किलोमिटर लामो यात्रा तय गर्ने छ ।

१९९० को भुकम्पले क्षति पुर्‍याएको यो मन्दिरको पुनः निर्माणका लागि कसैले पनि चासो नदिएपछि पैदल यात्राको आयोजना गरेर मन्दिर पुनः निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजका सचिव सज्जु प्रधानले जानकारी दिए । उनका अनुसार यो पैदल यात्रामा करिब २ हजार भन्दा बढी व्यक्तिहरुको सहभागीता गराउने लक्ष्य राखिएको छ ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका, कुमारी बैक लिमिटेड, ललितपुर उद्योग वाणिज्य संघ, कीर्तिपुर उद्योग वाणिज्य संघ, रोटरी क्लव अफ कीर्तिपुर, वयोद्या हस्पिटल, सुनौलो नेपाल, रोट्राक क्बल अफ पाटन हेरिटेज र काठमाण्डौ भ्याली प्रिर्जभेशन ट्रष्ट आदि जस्ता संघसंस्थाहरुको सहयोगमा रहेन आयोजकले जनाएको छ ।

ललितपुर मंगलबजारमा रहेको पाटन दरबार स्क्वायरको दक्षिण पश्चिममा रहेको भाइदेग तले शैलीको आकर्षक र कलात्मक मन्दिर हो । यो मन्दिर वि.स १७३५ सालमा राजा सिद्धिनरसिंह मल्लका चौतारिया तत्कालिन प्रधानमन्त्री भगिरथ भैयाँले काशी विश्वनाथ मन्दिर आक्रमणमा परेर ध्वस्त भएपछि त्यसैको सम्झनामा यो मन्दिरको निर्माण गरेका थिए । यो मन्दिरमा १९९० सालको भू कम्पनले क्षति गरेपछि अहिलेसम्म पुनः निर्माणका लागि कसैले पनि खासै चासो दिएको छैन् ।

भुकम्पनले क्षति पु¥याएको अहिले ८० वर्ष वितिसक्यो । सरोकारवाला निकायको ध्यान जान नसकेको यो मन्दिरको पुनः निर्माणका लागि संस्कृति सम्पदा संरक्षण समूहले पहल गरिरहेको छ । यसमा काठमाडौं भ्याली प्रिजर्भेशन ट्र«ष्टको प्राविधिक सहयोग रहेको छ ।

हिन्दु नेपालीहरु काशीको विश्वनाथ दर्शन गर्न जाने गरेकोमा वि.स १७२६ मा मुगल बादशाहले सो मन्दिरलाई ध्वस्त पारे । त्यहाँको मन्दिर ध्वस्त भएको र नेपालीहरुले काशी जान नपरोस् भन्नका लागि यो मन्दिरको निर्माण गरिएको किम्बदन्त रहेको छ । यो मन्दिरलाई ‘भाइचा देगल’ पनि भनिन्छ ।

हाल भाषा, कला, संस्कृति, सम्पदा, संरक्षण, सम्वर्धन तथा प्रवर्धन गरि जनमानसमा यसबारे अवगत गराई त्यसको प्रचार प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटन प्रर्वधन गर्ने हेतुले शिवरात्री दिनमा ‘सम्पदा संरक्षणको लागि पैदल यात्रा’ नारा सहित सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गर्न लागिएको हो । शनिबार मंगलबजार दरवारस्वारबाट विहान ७ बजे शुरु गरी मंगलबजार, पुल्चोक, अक्षेश्वर महाविहार, भनिमण्डल, जलविनायक, पांगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म यात्रा तय गरिने छ ।

यस सम्पदा पैदल यात्रामा सहभागिता जनाउन इच्छुक व्यक्तिले प्रति व्यक्तिले सहयोग स्वरुपमा ७०० रुपैयाँ खल्ती एप वा कुमारी बैंक लिमिटेडको क्यु आर कोड स्क्यान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम जम्मा गरेर नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

नाम दर्ता भएका सहभागीहरुलाई टि–शर्त, क्याप र खाजा उपलब्ध गराइने छ । दर्ता शुल्कबाट संकलित सम्पुर्ण सहयोग रकम भाइदेगः पुनः निर्माण कार्यमा संलग्न संस्था सस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध गराइने बताइएको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका सचिव सज्जु प्रधान यो कार्यक्रमको संयोजक रहेका छन् ।