Dhulikhel Eco Banner new

इमानका उपाध्यक्ष तिवारीले पाए इन्जा अनुसन्धानवृत्ति पुरस्कार

12.68K
shares

काठमाडौं, १७ फागुन । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार इमानका उपाध्यक्ष माधव प्रसाद तिवारीले प्राप्त गरेका छन् ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय–विद्यावारिधी (एमफिल–पिएचडी) गर्दै गरेका माधवप्रसाद तिवारीलाई प्रदान गरेको हो । आर्थिक मिडिया सञ्चालक संघ (इमान) का उपाध्यक्ष समेत रहेका तिवारीलाई बुधबार आयोजित विशेष समारोहकाबीच सभामुख देबराज घिमिरेले पुरस्कार हस्तान्तरण गरे ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत छन् ।