शेयर बजारमा दाेहोरो अंकको गिरावट, परिसुचक १९९५ विन्दुमा
वि.सं.२०७९ फागुन १७ बुधवार १५:१४
shares

काठमाडौं, १७ फागुन । साताको चौंथो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको शेयर बजार आज भने भारी अंकले ओरालो लागेको हो ।
बुधबार नेप्से परिसुचक २४ दशमलव ४४ अंकले घटेको छ । नेप्से परिसुचक १ दशमलव २१ प्रतिशतले घटेर १९९५ दशमलव ४९ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ ओरालो लागेको छ ।
आज भएका २६ हजार ४ सय ५४ कारोबारबाट २५७ कम्पनीका ३७ लाख २९ हजार ९ सय ७६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४ सय २४ पुगेको छ ।


















