Dhulikhel Eco Banner new

माैसममा बदली, चट्याङ्क सहितको वर्षाको सम्भावना

4.77K
shares

काठमाडौं, २४ फागुन । काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागका अहिले वर्षा भइरहेको छ । बुधबार दिनभरको मौसम बदलि हुने र केही स्थानमा सामान्य बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार अहिले काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । त्यस्तै कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको पूर्वानुमान महाशाखाको बुलेटिमा उल्लेख गरिएको छ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार आज र भोलि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।