नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै
वि.सं.२०७९ फागुन २४ बुधवार ०९:२२
shares

काठमाडौं, २४ फागुन । यो वर्षको नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तराष्ट्रिय नारी दिवसको नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाउने गरेका छन् ।

















