Dhulikhel Eco Banner new

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज मतदान

७३ पदका लागि १३७ उम्मेदवार मैदानमा

494
shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज (मंगलबार) नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल का अनुसार ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा छन्। करिब २ हजारभन्दा बढी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ भने मत परिणाम बुधबार सार्वजनिक गरिने तयारी छ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुँदैछ। चार उपाध्यक्षसहित विभिन्न समूहबाट कार्यसमिति सदस्य चयन गरिनेछ।