Dhulikhel Eco Banner new

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

559
shares

एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले ७९ हजार कित्ता शेयर यस समूहका लागि छुट्याएको हो।

कम्पनीले कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा १० प्रतिशत हिस्सा विदेशमा रहेका नेपालीहरूका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर तथा सि–आस्बा प्रणालीमार्फत दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम देखाएको छ।