कालंगा हाइड्रोको सर्वसाधारणका लागि आईपीओ जेठ ८ देखि खुल्ने
वि.सं.२०८३ वैशाख २२ मंगलवार ०७:१०
shares

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । कम्पनीले २८ लाख ७० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम देखाउँछ। कम्पनीको १५.३३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ भने आवेदन सि–आस्बा प्रणाली तथा मेरो शेयरमार्फत दिन सकिनेछ।

















