Dhulikhel Eco Banner new

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुकक्लोज

520
shares

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज (बैशाख २२ गते, मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (बैशाख २३ गते) बुकक्लोज गर्ने जनाएको छ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

कम्पनीको आठौँ वार्षिक साधारण सभा जेठ ६ गते नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने तय भएको छ। सभामा अन्य प्रस्तावहरू समेत पारित गरिनेछन्।