Dhulikhel Eco Banner new

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री श्रेष्ठ

4.5K
shares

काठमाडौं, ११ चैत । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्र मन्त्रीपरिषद् बिस्तारले पूर्णता पाउने दाबी गरेका छन् । शनिबार ललितपुरमा भएको ललितपुर चेम्बर अफ कर्मशको तेश्रो वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले सरकार विस्तारका सम्बन्धमा सत्ता साझेदार दलबीच वार्ता चलिरहेको हुँदा अबको दुई दिनभित्रै मन्त्रीपरिषद्ले पुर्णता पाउने बताए ।

कार्यक्रममा उनले मूलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताउँदै सरकार सकारात्मक हस्तक्षेप गर्ने सोचमा रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित संस्था, निकायसँग आवश्यक परामर्श भइरहेकोले प्रभावकारी ढंगले कदम चालिने उनको भनाई थियो ।

उनले भने ‘मुलुकको अर्थतन्त्रको अवस्था सामान्य छैन । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुपर्छ । यस बिषयमा सरकार गम्भिर छ । एक–दुई दिन भित्रै मन्त्रीपरिषद्को विस्तारले पूर्णता पाउँछ । त्यसपछि सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिसँग परामर्श गर्नेछौं । प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढ्नेछौं । यस बिषयमा सरकार गम्भिर छ ।’
उनले तत्काल सरकारको एकमुस्ट उद्देश्य भनेकै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु रहेको बताएका छन् ।